रहर
~(कवि १६ वर्षको हुँदा रचित कविता)
मलाई बादल हुने रहर छ जहिले चाहू चाहाभरि विपनाको आकाशमा उडिरहू जब चाहू आशाभरि सपनाको पर्दामा रमाइरहू मलाई हावा हुने रहर छ जहिले चाहूँ सीमाहीन क्षितिजमा बहिरहूँ जब चाहूँ सृष्टिका कुना-कन्दरामा फैलिरहूँ मलाई नदी हुने रहर छ लाखौँ हण्डर र ठक्करहरू सहँदै आफ्नै गतिमा निरन्तर बगिरहूँ कठिन चट्टानका छातीहरू पन्छाउँदै सागर भेट्ने लक्ष्यमा लम्किरहूँ मलाई म हुने रहर छ जहाँ बादलको जस्तो शून्यता होस् हावाको जस्तो स्वतन्त्रता होस् र नदीको जस्तो शाश्वत गतिशीलता होस्।
0:000:00