Profile

प्रताप चौलागाई

कवि  लेखक  निबन्धकार 
पुरस्कार विजेता कवि तथा निबन्धकार प्रताप चौलागाईंले स्मृति, संस्कृति, पहिचान  मानव अवस्थालाई प्रतिबिम्बित गर्ने कृतिहरू सिर्जना गर्छन्। धेरै राष्ट्रिय साहित्यिक सम्मानहरू मार्फत मान्यता प्राप्त, उनको कविता  गद्यले पाठकहरूलाई हामीलाई आकार दिने कथाहरूसँग एकछिन रोकिन, चिन्तन गर्न  जोडिन आमन्त्रित गर्दछ। 
कविताहरू१२ +
पुरस्कारहरू +
निबन्धहरू +

कविताहरू 

स्मृति, पहिचान, प्रेम, प्रकृति,  मानव अनुभवलाई आकार दिने शान्त क्षणहरूको अन्वेषण गर्ने कविताहरूको संग्रह 

हाँस्दाहाँस्दै सम्झना परेलीहरू भिजाउँदै आयो
कोर्दाकोर्दै सम्झना पानाहरू रसाउँदै आयो

कहिले झरी बनी, मेरो उजाड मन रुझाउँदै आयो
कहिले कलम बनी, मेरो शब्द बगाउँदै आयो
बिर्सन खोज्दा झन् गाढा, तस्बिर बनी आयो
अँध्यारोमा कलम थाक्दा, कविता बनेर आयो

हाँस्दाहाँस्दै सम्झना परेलीहरू भिजाउँदै आयो
कोर्दाकोर्दै सम्झना पानाहरू रसाउँदै आयो
0:000:00

मलाई बादल हुने रहर छ
जहिले चाहू चाहाभरि विपनाको आकाशमा उडिरहू
जब चाहू आशाभरि सपनाको पर्दामा रमाइरहू

मलाई हावा हुने रहर छ
जहिले चाहूँ सीमाहीन क्षितिजमा बहिरहूँ
जब चाहूँ सृष्टिका कुना-कन्दरामा फैलिरहूँ

मलाई नदी हुने रहर छ
लाखौँ हण्डर र ठक्करहरू सहँदै
आफ्नै गतिमा निरन्तर बगिरहूँ
कठिन चट्टानका छातीहरू पन्छाउँदै
सागर भेट्ने लक्ष्यमा लम्किरहूँ

मलाई म हुने रहर छ
जहाँ बादलको जस्तो शून्यता होस्
हावाको जस्तो स्वतन्त्रता होस्
र नदीको जस्तो शाश्वत गतिशीलता होस्।
0:000:00

सायद तिमी नभएको भए
मैले कहिल्यै देख्ने थिइन
आफ्नै उचाइ

म त ती पहाडहरू हुँ
जसको फेदमा उभिएर तिमी औंला ठड्याउँछौ
तर चुचुरो छुन तिम्रा पाइलाहरू काँप्छन्
मेरो उचाइ नाप्न नसक्दा,
तिमी आफैँभित्र खुम्चिरहन्छौ।

तिम्रो यही इर्ष्याको राप त हो
जसले मलाई थप अग्लिन ऊर्जा दिन्छ
तिमी जति जली खरानी बन्छौ
म त्यति नै कुन्दन भई चम्किरहन्छु

धन्यवाद मायालु!
सायद तिमी नभएको भए
म मेरो विराटता कहिल्यै देख्ने थिइनँ
0:000:00

रोजगारीको रोग निको पार्न
अर्थतन्त्रको भोक कम गर्न
न्याय र समानताको फाइल बोकेर
आश्वासनका अड्डाहरू र अदालतहरू धाएर
स्वतन्त्रताको आन्दोलनमा होमिएको
एउटा भिडलाई छिचोलेर

च्याट्ट कोट र पाइन्टमा सजिएर
आदर्शहरूको कपाल खौरिएर
निम्बुखाहरूको अग्रज भई ठडिएर
खोक्रा शब्दको तुनी फुकाल्दै,
एउटा पढेलेखेको अनपढ फुत्त मञ्चमा चढ्यो

पल्ट्याउँदै भागवत गीताका ठेलीहरू
ओकल्दै उसका तीता बोलीहरू
भाषण गर्न थाले -
जनता हो ,
हामीले ठड्याउनुपर्छ सभ्यताको अग्लो धरहरा
हामीले पन्छ्याउनुपर्छ संकटका यी काला बादल
हामीले फैलाउनुपर्छ शान्तिको फर्सीको झालहरू
हामीले मेट्नुपर्छ बेरोजगारीको यो दर्दनाक छटपटी
तर अर्को वर्ष!
0:000:00

भित्तामा झुन्डिएको एउटा अन्धो घडीबाट
निरन्तर सुरु भइरहन्छ-
एउटा मान्छेको रोजाइविहीन चक्रव्यूह

घडीसगैँ  
अँध्यारो चिर्दै बास्छ भाले
निद्रा चिर्दै बिउँझन्छ एउटा लास
समय चिर्दै खुल्छन् सारा झ्यालढोका
आयु र स्मृति चिर्दै उठ्छ काल

यही घडीले सिकाएको छ
आफ्नै छातीभित्रको ढक्ढकीलाई
बाहिरको सुईसँग मिलाएर हिँड्न
र त्यो मिलन नभएको दिन
आफूलाई नै बिग्रेको ठान्न

यही घडीले
मान्छेलाई झुण्ड्याएको छ
आफ्नो चक्रव्यूहमा युगयुगदेखि
कहिले राजाको सुईमा
कहिले सामन्तको घण्टामा
कहिले बजारको मिनेटमा
कहिले एल्गोरिदमको सेकेन्डमा

यही घडीले
आफ्नो साँघुरो डायलभित्र थुनेको छ बीपीको विद्रोह
आफ्नै दाँतीले किचेको छ मदनका सपना
यसैको सुईले कोतरेर रक्ताम्बे छ-
सुस्ताको माटो
र लिम्पियाधुराको नक्सा

यही घडीले फसाउँछ मान्छेलाई
आफ्नो चक्रव्यूहमा
कहिले भिसाको म्याद बनेर
कहिले ऋणको किस्ता बनेर
कहिले छोराछोरीको स्कुल फी बनेर
कहिले महङ्गीको ग्राफ बनेर

कहिलेकाहीँ म सोच्छु
यदि घडीको सुई बन्द भए
बिउँझिन्थे कि ती आँखाहरू
जो यो चक्रव्यूहमा निदाइरहे
बाँच्थे कि ती मान्छेहरू
जो समयभन्दा पहिले थाकिसके
तर सुई रोकिँदैमा समय कहाँ रोकिन्छ र?

त्यसैले त
भित्तामा झुन्डिएको एउटा अन्धो घडीबाट
निरन्तर जारी छ
एउटा मान्छेको रोजाइविहीन चक्रव्यूह।
0:000:00

प्रकृतिको शरीर
आज सभ्यताको शल्यकक्षमा नाङ्गिएको छ
जहाँ स्वार्थी सर्जनहरू
विकासको टेबलमा निर्मम चिरफार गर्दैछन्

हेर त, शिरदेखि पाउसम्म
डोजरका बङ्गारे दाराले लुछिरहेछन्
धर्तीका कलिला छालाहरू
कोलाहलका नङ्ग्राले चिथोरिरहेछन् 
पखेराका  एकान्तहरू

प्रकृतिको फोक्सोमा 
एउटै विलाप दोहोरिन्छ
सास तान्दा कंक्रिटको हाड
बस्तीको घाँटीमा अड्किन्छ
सास छोड्दा कार्बनको बादलले
वसन्तको नाक थुन्छ


पेटको शल्यक्रिया थाल्दा देखिन्छ
प्लास्टिक पचाउन नसकेका 
नदीका आन्द्राहरू 
रसायनको रक्सीले जन्डिस भएका 
खेतका कलेजोहरू

लौ न सर्जनहरू 
भनिदेउ 
किन आकाशका आँखाले
आफ्नै नानी जलाएर
अम्लीय आँसु झार्छन्?
किन हिमालको निधारबाट
अविराम पसिनाका मूल फुट्छन्?

प्रकृतिको घाइते शरीर साक्षी हो
वन विनाशले टुहुरिएका 
घोरलका पाठाको
ढलको विष पिएर बाँचेका 
माछाको
माटोको स्पर्श हराएर रन्थलिएका
स-साना जीवको

यसै शरीरमा रजाइँ गर्नेहरूलाई म सोध्छु 
कसरी बाँचेका होलान्
विषाक्त हावामा 
मास्क नचिन्ने सुगाहरू?
कसरी फुलेका होलान्
ओजोनको फाटेको छातामुनि
नाङ्गो घामले डामिएका कोपिलाहरू?

ओ प्रकृतिलाई अंगभंग गर्ने सर्जनहरू
अब बन्द गर
रुखको लासमाथि उभिएर
अक्सिजनको गोष्ठी गर्न
छोडिदेउ
बाहिर डढेलो लगाएर
एसीभित्र शीतलताको गफ हाँक्न

हे अँध्यारोमा चक्कु चम्काउने 
बेवकुफ सर्जनहरू
 शल्यकक्षको बत्ती निभ्नु अघि होस गर 
तिमीहरूको हातमा
 चक्कु होइन
आफ्नै सभ्यताको घाँटी छ।
0:000:00

मौनका पुजारीहरू 
तिम्रो निष्क्रियताको अँध्यारोमा
बल्छ अमानवताको दीप
सभ्यता भनिएको मन्दिरमा
कहिले खुल्छ तिम्रो चेतना?

एक फुटबाट अर्को फुटसम्म  
यो धरती कति रूखो छ!
जताततै पीडाको बीउ छरिएको छ
वृद्धाश्रमको झ्यालबाट टोलाउँछन्
सघर्षको धुवाँले धमिलिएका आँखाहरू
सडकको पेटीमा निदाउँछन्
भोकले मुरझाएका चन्द्रमाका टुक्राजस्ता अनुहारहरू 

तिम्रो सन्देहले ग्रसित बुद्धिमत्ताको छाँयामा  
मानिसहरूको मूल्य  
जहाँ मजदुरको रगत र पसिना
युवतीको निभेको सपना
एउटै तराजुमा तौलिन्छ बजारमा

तिमीले बनाएको व्यवस्था  
घाउमाथि पोतिएको सुनको रंग हो
जसको प्रत्येक गाँठमा
एउटा गरीबको आँसु बस्छ
र एउटा धनीको हाँसो टिल्पिलाउँछ

हे स्वघोषित बुद्धहरू! 
यदि तिम्रो ज्ञानले  
एउटा बालकको भोक मेट्न सक्दैन भने
यदि तिम्रो चिन्तनले  
थकित शरीरलाई थाम्न सक्दैन भने 
त्यसो भए त्यो ज्ञानको भारी  
आफ्नै मुटुमा थन्काएर राख्
जहाँ ऊ आफ्नै मौनतासँग
 निरर्थक बहस गरोस् दिनरात

तर यदि तिमीहरूमा  
एउटा पनि हृदय बाँकी छ भने
उठ्
यो समयको नदीमा  
हाम्रो सामूहिक विद्रोहको  
एउटा सुनौलो पत्थर राख् 
जसको छापमा  
भविष्यका मानिसहरूले  
पढ्न सकुन्:  
“यहाँ कुनै बुद्धहरू मौनता ओढेर बसेनन्!”
0:000:00

मान्छेले हावालाई कोठामा थुनेर भन्यो-
यो मेरो हो!
हावा हाँस्दै झ्यालबाट निस्कियो

मान्छेले अरूको भाग खोसेर
आफ्नो झोला भर्यो
र भन्यो- म भरिएँ
तर झोलामुनिको धर्ती अझै भोकै थियो

मान्छेले इँटाको पर्खाल उठाइ
पवित्र अपवित्रको रङ्ग पोत्यो
वर्षाले रङ्ग त पखाल्यो
तर मनभित्र ठडिएको
त्यो विभेदको अग्लो पर्खाल 
अझै ढलेको छैन।
0:000:00

तिमी अतल छौ,
त्यसैले अक्कल छौ।
तिमी अतुल छौ,
त्यसैले त असल छौ।
एउटा सच्चा दुधे बालक जस्तै 
इमान्दारीमा पोख्त भई व्यापक हुन  
तिमी अरूको आतमा होइन 
आफ्नै आँटमा अगाडि बढ्नुपर्छ।
तिमी जे छौ राम्रो छौ हल्का परिवर्तन हुनुपर्छ। 

तिमी सिकारु छौ ,
त्यसैले नयाँ खोजीमा छौ,
तिमी खोजीमा छौ, 
त्यसैले त विद्यार्थी छौ
इतिहास बनाउने दूरदर्शी समयजस्तै
अँध्यारोमा पनि पोखिन सक्ने कलम हुन
तिमी ढुङ्गाको झैँ स्थिर हैन 
मानवताले स्थिर हुनुपर्छ
तिमी जे छौ राम्रा छौ तर हल्का परिवर्तन हुनुपर्छ
0:000:00

बा! मैले केही लेख्नै छोडिदिएँ
लेख्दालेख्तै कृष्णलाल बन्नुपर्ने
यो कलमको जिउँदो इतिहास बोकेको घरमा
मैले केही लेख्नै छोडेँ

आमा! मैले उमङ्गका 
कुनै रङ छुनै छोडिदिएँ
रङ्गिँदा रङ्गिँदै रङ्गहीन हुनुपर्ने 
यो विभेदको श्रृङ्गारले सजिएको 
समाजमा मैले रङ्गीनै छोडेँ

दाई! मैले सुन्दर भविष्यको
सपना देख्नै छोडिदिएँ 
बैँस नफुल्दै पासपोर्टको बुई चढ्नुपर्ने 
यो सपना बेचेर पेट पाल्नुपर्ने देशमा 
मैले सपना देख्नै छोडेँ

दिदी! 
मैले आफैँलाई चिन्नै छोडिदिएँ।
जति पढ्यो उति खाली हुनुपर्ने
यो मुखुण्डोधारी राजनीतिको भीडमा,
 मैले ऐनामा 
आफ्नै अनुहार चिन्नै छोडेँ

ए घर! ए देश!
ए समाज! हे ढोँगी राजनीति!
तिमीहरूको रगत मेरो मसी भए पनि
तिमीहरूकै इतिहास मेरो कलम भए पनि
मैले छोडिदिएँ-
तिमीहरूको झूटो गुणगान लेख्न
0:000:00

जीवन  साहित्यिक यात्रा 

नाम

प्रताप चौलागाई

ठेगाना

काठमाडौं, नेपाल

फोन नम्बर

+977 9863705846

इमेल

pratapchaulagain952@gmail.com

नेपाली साहित्यका उदीयमान नक्षत्र: प्रताप चौलागाईँ 
परिचय  जन्म 
सौन्दर्य  चेतनाको संगमस्थल काभ्रेपलाञ्चोक जिल्लाको पवित्र माटोमा विक्रम संवत् २०६४ साल भाद्र  गते प्रताप चौलागाईँको जन्म भएको हो। बाल्यकालदेखि नै अद्वितीय प्रतिभा  तीक्ष्ण बौद्धिकताका धनी चौलागाईँ वर्तमान नेपाली साहित्यका एक देदिप्यमान  उदाउँदा तारा हुन्। साना आँखाहरूमा बृहत् क्षितिजका सपना सजाउने प्रताप सानै उमेरदेखि अध्ययन  सिर्जना दुवै क्षेत्रमा उत्तिकै अब्बल  अनुकरणीय रहँदै आएका छन्। 
साहित्यिक यात्राको प्रस्थानविन्दु 
अक्षरहरूसँगको सामीप्यता  शब्दप्रतिको गहिरो अनुरागले उनलाई बाल्यकालमै कविताको संसारतर्फ आकर्षित गर्‍यो। कलिलो उमेरमै भावनालाई शब्दको रूप दिन खप्पिस प्रतापले मात्र १३ वर्षको अल्पायुमा "बाटो अनि जिन्दगी" शीर्षकको कवितामार्फत आफ्नो औपचारिक साहित्यिक यात्राको शङ्खघोष गरेका थिए। जीवनलाई एउटा अनवरत यात्रा  बाटोलाई भोगाइको जीवन्त प्रतीकका रूपमा प्रस्तुत गरिएको उक्त कविता नै उनको साहित्यिक जीवनको बलियो जग बन्न पुग्यो। 
लेखन शैली  वैचारिक दृष्टिकोण 
प्रताप चौलागाईँका कविताहरू केवल शब्दका थुप्रा होइनन्, ती  गम्भीर चिन्तन  चेतनाका संवाहक हुन्। उनको लेखनमा मुख्यत: निम्नलिखित पक्षहरूको त्रिवेणी भेटिन्छ: 
सामाजिक यथार्थवाद  राजनीति: समाजका विसङ्गति, भुइँमान्छेका आवाज  समसामयिक राजनीतिक उतारचढावलाई उनी आफ्ना कवितामा प्रखर रूपमा उतार्छन्। 
दार्शनिक चेत  शाश्वत सत्य: जीवन, जगत्  समयको चक्रलाई बुझ्ने  बुझाउने उनको शैली निकै दार्शनिक  परिपक्व छ। 
प्रकृति  मानवीय प्रेम: प्रकृतिप्रतिको अगाध प्रेम  मानवीय संवेदना, प्रेम तथा भावनाका सुकोमल तरङ्गहरूका साथै इतिहास  समसामयिकता उनका सिर्जनाका प्राण हुन्। 
शिक्षा  नवप्रवर्तन: प्रविधि  साहित्यको सेतु 
अध्ययनमा सधैँ अब्बल रहेका प्रताप केवल परम्परागत धारमा मात्र सीमित रहेनन्। वर्तमान समयमा उनी विज्ञान  प्रविधिको अत्याधुनिक क्षेत्र स्नातक तहमा BSc.CSIT (Computer Science and Information Technology) अध्ययन गरिरहेका छन्। 
प्रविधिको तार्किक संसार  साहित्यको भावनात्मक संसार-यी दुई विपरीत ध्रुवजस्ता लाग्ने क्षेत्रहरूलाई एकाकार गर्दै उनले "प्रविधि  साहित्यको सेतु (पुल)" का रूपमा कार्य गरिरहेका छन्। उनले डिजिटल युगमा साहित्यलाई प्रविधिसँग जोडेर नेपाली वाङ्मयलाई आधुनिक, पहुँचयोग्य  नवप्रवर्तनात्मक ढाँचामा अगाडि बढाउने एउटा ऐतिहासिक अभियानको नेतृत्व गरिरहेका छन्। 
"उनको एक हातमा प्रविधिको आधुनिक साँचो (Code)  भने अर्को हातमा भावनाको जीवन्त कलम; उनी प्रविधिलाई साहित्यिक चेतना  साहित्यलाई आधुनिक प्रविधिको सामर्थ्य दिँदैछन्।" 

पुरस्कार  सम्मान 

विभिन्न स्थानीय तथा राष्ट्रिय पुरस्कारले सम्मानित, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कविता प्रतियोगिताहरूमा पुरस्कृत।