विद्यार्थी
~(कवि १५ वर्ष मा रचित कविता)
तिमी अतल छौ, त्यसैले अक्कल छौ। तिमी अतुल छौ, त्यसैले त असल छौ। एउटा सच्चा दुधे बालक जस्तै इमान्दारीमा पोख्त भई व्यापक हुन तिमी अरूको आतमा होइन आफ्नै आँटमा अगाडि बढ्नुपर्छ। तिमी जे छौ राम्रो छौ हल्का परिवर्तन हुनुपर्छ। तिमी सिकारु छौ , त्यसैले नयाँ खोजीमा छौ, तिमी खोजीमा छौ, त्यसैले त विद्यार्थी छौ इतिहास बनाउने दूरदर्शी समयजस्तै अँध्यारोमा पनि पोखिन सक्ने कलम हुन तिमी ढुङ्गाको झैँ स्थिर हैन मानवताले स्थिर हुनुपर्छ तिमी जे छौ राम्रा छौ तर हल्का परिवर्तन हुनुपर्छ
0:000:00