स्वामित्वको भ्रम


मान्छेले हावालाई कोठामा थुनेर भन्यो-
यो मेरो हो!
हावा हाँस्दै झ्यालबाट निस्कियो

मान्छेले अरूको भाग खोसेर
आफ्नो झोला भर्यो
र भन्यो- म भरिएँ
तर झोलामुनिको धर्ती अझै भोकै थियो

मान्छेले इँटाको पर्खाल उठाइ
पवित्र अपवित्रको रङ्ग पोत्यो
वर्षाले रङ्ग त पखाल्यो
तर मनभित्र ठडिएको
त्यो विभेदको अग्लो पर्खाल 
अझै ढलेको छैन।
0:000:00