कुन वर्ष?
~(कवि १६ वर्षकै हुँदा रचित कविता)
रोजगारीको रोग निको पार्न अर्थतन्त्रको भोक कम गर्न न्याय र समानताको फाइल बोकेर आश्वासनका अड्डाहरू र अदालतहरू धाएर स्वतन्त्रताको आन्दोलनमा होमिएको एउटा भिडलाई छिचोलेर च्याट्ट कोट र पाइन्टमा सजिएर आदर्शहरूको कपाल खौरिएर निम्बुखाहरूको अग्रज भई ठडिएर खोक्रा शब्दको तुनी फुकाल्दै, एउटा पढेलेखेको अनपढ फुत्त मञ्चमा चढ्यो पल्ट्याउँदै भागवत गीताका ठेलीहरू ओकल्दै उसका तीता बोलीहरू भाषण गर्न थाले - जनता हो , हामीले ठड्याउनुपर्छ सभ्यताको अग्लो धरहरा हामीले पन्छ्याउनुपर्छ संकटका यी काला बादल हामीले फैलाउनुपर्छ शान्तिको फर्सीको झालहरू हामीले मेट्नुपर्छ बेरोजगारीको यो दर्दनाक छटपटी तर अर्को वर्ष!
0:000:00