धन्यवाद मायालु!
~(कवि १५ वर्षकै हुँदा रचित कविता)
सायद तिमी नभएको भए मैले कहिल्यै देख्ने थिइन आफ्नै उचाइ म त ती पहाडहरू हुँ जसको फेदमा उभिएर तिमी औंला ठड्याउँछौ तर चुचुरो छुन तिम्रा पाइलाहरू काँप्छन् मेरो उचाइ नाप्न नसक्दा, तिमी आफैँभित्र खुम्चिरहन्छौ। तिम्रो यही इर्ष्याको राप त हो जसले मलाई थप अग्लिन ऊर्जा दिन्छ तिमी जति जली खरानी बन्छौ म त्यति नै कुन्दन भई चम्किरहन्छु धन्यवाद मायालु! सायद तिमी नभएको भए म मेरो विराटता कहिल्यै देख्ने थिइनँ
0:000:00